हालै बढुवा भएका एसएसपीहरूलाई गृहले दियो महत्वपूर्ण जिम्मेवारी

Posted on: 21 Aug, 2017

भदौ ५, काठमाडौं । हालै बढुवा भएका एसएसपीहरूलाई गृहले महत्वपूर्ण जिम्मेवारी दिएको छ 

महानगरीय प्रहरी परिसर काठमाडौंमा रवीन्द्र धानुक तथा अपराध महाशाखामा दिवेश लोहनीलाई सरुवा गरिएको छ । अपराध महाशाखाका एसएसपी दिनेश अमात्यलाई कार्यविभाग र प्रद्युम्न कार्कीलाई युक्ति महाविद्यालयमा पठाइएको छ ।

त्यस्तै, ललितपुर परिसरमा गणेश ऐर, पूर्वक्षेत्रीय प्रहरी कार्यालयमा ईश्वरबाबु कार्की, पश्चिम क्षेत्रीय प्रहरी कार्यालयमा उत्तम सुवेदी, संघीय प्रहरी एकाइ कोसीमा हरिबहादुर पाल, प्रकाशजंग कार्की कल्याण शाखा तथा विश्वराज पोखरेललाई महानगरीय प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । -नयाँ पत्रिका दैनिक 

१५ डिआइजीको सरुवा र पदस्थापन

नवराज सिलवाल– सुरक्षा परिषद्

पुष्कर कार्की– सिआइबी

सर्वेन्द्र खनाल– ट्राफिक महाशाखा

रमेश खरेल– ट्राफिक निर्देशनालय

उत्तम कार्की– अख्तियार

भोगबहादुर थापा– प्रदेश नं. ३ प्रहरी कार्यालय

पुष्कलराज रेग्मी– महिला तथा बालबालिका सेवा निर्देशनालय

छविलाल जोशी– प्रहरी एकेडेमी

मनोज न्यौपाने– महानिरीक्षकको सचिवालय

ज्ञानविक्रम शाह– प्रदेश नं. १ प्रहरी कार्यालय

ठुले राई– लागुऔषध नियन्त्रण ब्युरो

शरद चन्द– प्रदेश नं. ७ प्रहरी कार्यालय

धीरु बस्नेत– अपराध अनुसन्धान

पुष्पचन्द्र रञ्जित– प्रदेश नं. ४ प्रहरी कार्यालय

सुरेशविक्रम शाह– प्रदेश नं. ६ प्रहरी कार्यालय

गणेश केसी– महानगरीय प्रहरी कार्यालय

रमेश भट्टराई– मानवस्रोत विकास विभाग

मधु पुडासैनी– कार्यविभाग

केदारमानसिंह भण्डारी– जुनियर प्रहरी एकेडेमी, भरतपुर

यस बिषयमा तपाइको प्रतिक्रिया...!