एमालेले मच्चाएको बुढानिलकण्ठ घटना: नरपालिकामा ताला, दुई नेता सहित प्राविधिक प्रहरी खोरमा

Posted on: 21 Aug, 2017


भदौ ५, काठमाडौं | मतदाता नामावली संकलनको काम सनिबार सकियो तर त्यहि दिन बुढानिलकन्ठ नगरपालिकामा एमालेले आफूखुसी एकपक्षीय ढंगले मध्येराति मतदाता नामावली संकलन गरेको भेटियो । 

त्यहि क्रममा त्यहाँ पुगेका पत्रकारहरुलाई समेत समाचार रिपोर्टिंग गर्न समेत दिईएन । घटनामा सबैभन्दा बढी दोषी मानिएका एमाले नेता दिपक निरौलालाई घटनास्थलबाट भगाईएको भनिएपनि आइतबार उजुरी परेपछि प्रहरीले तीन जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा एमाले नेता तथा नगर समिति संयोजक दीपक निरौला, निर्वाचन कार्यालयबाट खटिएका प्राविधिक अधिकृत खड्गी र वडा नं. ९ का वडाध्यक्ष राजेन्द्र सापकोटा छन् । 

साथै घटनापछी बूढानीलकण्ठ नगरपालिकामा कांग्रेस, माओवादीका कार्यकर्ता र स्थानीयले आइतबार तालाबन्दी गरिदिएका छन् । आइतबार दिनभर नगरपालिकाको कार्यालयमा तालाबन्धि भएपछी दिनभरको काम प्रभावित भयो । कांग्रेस, माओवादी सहित स्थानीयले एमालेबिरुद्ध नाराबाजी गरे । त्यसैक्रममा भेटिएका एक जनाले आक्रोशित हुँदै भने - 'घटनालाई सामान्य कसरी भन्ने ? निर्वाचन सम्बन्धि एकपक्षीय काम गर्न पाइन्छ ? यहाँ सरासर निर्वाचन आयोगकै निस्पक्षतामा धज्जी उडाउने काम भएको छ ।'

प्रहरीले पक्राउ गरेको जिल्ला निर्वाचन कार्यालयका खत्रीलाई बूढानीलकण्ठ नगरपालिकाको सिफारिसमा शनिबारसम्मका लागि करारमा नियुक्त गरिएको थियो । 

कांग्रेस तथा माओवादीको अनुसार घटनामा नगरपालिकाका कर्मचारीको समेत मिलेमतो छ । कांग्रेस/माओवादीले दोषीमाथि छानबिन गरी दोषीमाथि कारबाही नगरेसम्म नगरपालिकाको तालाबन्दी नखोलिने बताएका छन् । घटनामा एमालेले एकलौटी ५६ जनाको मतदाता नामावलीको लागि फोटो खिचाइसकेको पाईएको छ भने अन्य डेढ सयको जनाको हाराहारीमा लाईन लगाईएको भेटिएको थियो । 

आइतवार भएको संसद बैठकमा कांग्रेस नेता तथा सांसद गगन कुमार थापाले बूढानीलकण्ठमा भएको यो घटनाले निर्वाचनको पवित्रतामाथि प्रश्न उठाएको भन्दै निर्वाचन सामग्री एकलौटी प्रयोग गरिनु चोरीको संज्ञा दिएका थिए । उनले दोषीमाथि यथाशीघ्र कारबाही गर्नुपर्ने भन्दै सांसदहरुको ध्यानाकर्षण गराएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!