९:२० सम्मको समानुपातिक मतपरिणाम: अहिलेसम्म ४ दलले मात्र थ्रेसहोल्ड कटाए (कसको मत कति ?)

Posted on: 12 Dec, 2017

मङ्सिर २६, काठमाडौँ | प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना लगभग सकिएपछि अब प्रतिनिधि सभाको समानुपातिकतर्फ कसले कति सिट पाउँछन् त्यो चासोको विषय बनेको छ। समानुपातिकमा कूल खसेको मत एक करोड ५ लाख ८७ हजार ५२१ हो। त्यसमध्ये मंगलबार बेलुका ९:०० बजेसम्मको ताजा अपडेट अनुसार एमालेले सबैभन्दा बढी मत पाएर समानुपातिकमा पहिलो ठूलोदलको अग्रता कायमै राखेको छ । एमालेले १६ लाख ५ हजार ८८१ मत मत पाएको छ | यता कांग्रेस भने दोश्रो स्थानमा छ | उसले अहिलेसम्म १५ लाख ५१ हजार २९१ मत पाएको छ | त्यस्तै माओवादी केन्द्रले पछिल्लो अपडेट अनुसार ६ लाख ३६ हजार ८९३ मत पाएको छ । त्यस्तै संघीय समाजवादी फोरम, नेपाल १ लाख ६१ हजार ६२ मत पाई थ्रेसहोल्ड कटाएको छ | 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार अहिलेसम्म एमाले कांग्रेस र माओवादीले बाहेक अरुले समानुपातिकमा सिट पाउने छैनन् | तीन प्रतिशतको थ्रेसहोल्ड अरु दलले अहिलेसम्म पार गर्न नसकेको हुनाले अरु दलले ० सिट पाउने छन् । 

तीन प्रतिशत मत नपाएसम्म समानुपातिकमा जतिसुकै मत ल्याए पनि समानुपातिक सिट नपाउने हुनाले यस पटक समानुपातिकमा सिट पाउन साना दललाई सजिलो छैन । अहिलेसम्म ४ दलले मात्र समानुपातिकमा सिट पाउने देखिएको छ | तर प्रमुख ३ दलवा अन्य दलले मत बढाउंदै जाँदा अहिले ३ प्रतिशत थ्रेशहोल्ड कटाएको दलले समेत अन्तिम मत गन्दासम्म ३% मत नपुर्याएको खण्डमा सिट पाउंदैन | अहिले थ्रेसहोल्ड कटाउने दलमा एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरम रहेका छन् |  

हेर्नुहोस् कसले कति मत पाए ? 

नेपाल कम्युनिष्ट पार्टी (एमाले): 1605881

नेपाली काँग्रेस: 1514291

एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 636893

संघीय समाजवादी फोरम, नेपाल: 161062

राष्ट्रिय जनता पार्टी नेपाल: 103881

राष्ट्रिय प्रजातन्त्र पार्टी: 100609

विवेकशील साझा पार्टी: 96802

नयाँ शक्ति पार्टी, नेपाल: 48732

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 33995

राष्ट्रिय जनमोर्चा: 31885

अन्य: 138809

मतगणना सुत्र यस्तो छ:- 


यस बिषयमा तपाइको प्रतिक्रिया...!