शंकर पोखेरेल प्रदेश सभा संसदीय दलको नेतामा चयन

Posted on: 21 Jan, 2018

माघ ७, बुटवल । नेकपा एमाले नेता शंकर पोखरेल प्रदेश संसदका लागि नेकपा एमाले संसदीय दलको नेता छानिएका छन् । 


५ नम्बर प्रदेशमा आइतबार पद तथा गोपनियताको सपथ लिएपछि बसेको प्रदेशसभा संसदीय दलको प्रथम बैठकले पोखरेललाई संसदीय दलको नेता छानेको हो ।

नेता चयन पछि पोखरेलले प्रदेश नम्बर ५ को स्याथी मुकाम सहमतीमै टुंगिने बताएका छन्। अस्थायी केन्द्र बुटवल भए पनि स्थायी केन्द्र सहमतीकै दाङमा हुने बताए ।

समग्र ५ नम्बर प्रदेशको केन्द्रबिन्दु रहेको दाङको विकल्प हुनैनसक्ने उनले बताए । यसैबीच कार्यक्रममा विष्णु पौडेलले पोखरेललाई ५ नम्बर प्रदेशको मुख्य मन्त्रीसमेत बताएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!