प्रधानमन्त्री ओलीले भने,फेरि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ

Posted on: 08 Apr, 2021

चैत २६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमणदर बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरेका छन् । ओलीले बिहिबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै कोरोना संक्रमित बढे बाध्य भएर फेरि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन् । 

ओलीले कोभिड–१९ को संक्रमणबाट बच्न सबैलाई स्वास्थ्य सतर्कताका मापदण्ड अपनाउन गरेका छन् । स्वास्थ्य सावधानी नअपनाए कोभिडले फेरि उग्र रुप लिन सक्ने बताउंदै बाध्य भएर मुलुक ठप्प गर्नुपर्ने स्थिति आउने बताए ।

‘हामी सकेसम्म लकडाउन गर्दैनौं । त्यो हाम्रो योजना छैन । तर, तपाईंहरुकै कारण सुरक्षित र सचेतना अपनाउनु भएन भने, कोभिडले फेरि उग्र रुप लिन सक्छ ।' ओलीले भने, 'त्यतिखेर बाध्य भएर हामीले फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ ।’

उनले बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन र साबुन पानीले हात मुख नियमित धुन आग्रह गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!