एमाले विधान महाधिवेशन : ओली स्कर्टिङमा जाँदै, मञ्चमा सुरु भयो नाचगान

Posted on: 01 Oct, 2021

असोज १५ , काठमाडौँ  ।  एमालेको प्रथम विधान महाधिवेशन शुक्रबारबाट सुरु भएको छ  । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको विधान महाधिवेशन हुन लागेको हो 

अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताहरूले स्कर्टिङ गरेर महाधिवेशनस्थल लैजाने कार्यक्रम छ । ओली नपुग्दै महाधिवेशनस्थलमा भने नाचगान सुरु भइसकेको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघमा आवद्ध कलाकारहरूले नाचगान गरिरहेका छन् ।  

पार्टी विभावन लगत्तै एमालेले विधान महाधिवेशनको आयोजना गरेको हो । १५–१७ असोजसम्म विधान महाधिवेशन हुनेछ । एमालेले आउँदो मंसिरमा १०औँ महाधिवेशन गर्ने तयारी गरेको छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!