एकीकृत समाजवादीको भागमा कुन-कुन मन्त्रालय ? (नामसहित)

Posted on: 05 Oct, 2021

असोज १९ , काठमाडौं। सत्ता गठबन्धनमा रहेका दलहरू मन्त्रिपरिषद् विस्तारको आन्तरिक तयारी जुटेका छन्। गठबन्धनबीच मन्त्रालयको संख्या र नाम नै टुंगो लगाउन समस्या भएको थियो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको स्वास्थ्य समस्याका कारण मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा रहेका दलहरुबीच छलफल अगाडि बढेको छ।

यहीक्रममा मंगलबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएको छ। मंगलबार जुटाएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादीले ५ मन्त्रालय पाउने भएको छ। रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको हो। साथै एक राज्यमन्त्री पनि पाउने स्रोतले बतायो।

तर, एकीकृत समाजवादीका एक नेताको भनाइमा औपचारिक रूपमा मन्त्रालयको संख्या टुंगो लगाएको भए पनि केही मन्त्रालयमा भने छलफल भइरहेको छ। जसपाले दाबी गरेका केही मन्त्रालयमा एकीकृत समाजवादीले पनि दाबी गरेका कारण केही मन्त्रालय भने अझै फेरबदल हुन सक्नेछन्। तर, संख्याको हिसाबले चाहिँ सहमति जुटिसकेको ती नेताले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!