सरकारद्वारा विद्युतीय राहदानीको सेक्युरिटी फिचर स्वीकृत

Posted on: 05 Oct, 2021

असोज १९, काठमाडौँ | सरकारले विद्युतीय राहदानीमा रहने विभिन्न सुरक्षासम्बन्धी विशेषता (सेक्युरिटी फिचर)हरु स्वीकृत गरेको छ । 

मन्त्रिपरिषद्को आजको बैठकले विद्युतीय राहदानीमा रहने विशेषता स्वीकृत गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले निकट भविष्यमा नै विद्युतीय राहदानी सञ्चालनमा ल्याउने तयारी गरेको छ । 

बैठकले ‘रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन  पहिलो संशोधन निर्देशिका, २०७८’ लाई पनि स्वीकृत गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!