निर्मला बलात्कार पछि हत्या प्रकरणका मुख्य अभियुक्त २५ दिनपछि पक्राउ

Posted on: 20 Aug, 2018

भदौ ४, काभठमाडौं । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।घटना भएको २५ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो ।

सीआईबीका एक अधिकारीले उनलाई पक्राउ गरिएको पुष्टि गरे । पक्राउ परेका विष्टलाई सोमबारै जिल्ला अदालत, कञ्चनपुरबाट म्याद थप गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

प्रारम्भिक सोधपुछमा उनले आफ्नो कसुर स्वीकार गरिसकेको प्रहरी स्रोतले बतायो । घटनामा अन्य व्यक्तिको संलग्नता थियो या थिएन भन्ने बारेमा अझै स्पष्ट भइसकेको छैन ।

यसअघि १० साउनमा घरबाट साथीलाई भेट्न हिँडेकी पन्त भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!