आजपनि घट्यो सुन तथा चाँदीको मुल्य !

Posted on: 14 Nov, 2018

कात्तिक २८, काठमाडाै । यो महिनामा सुनको भाउ तोलामा १८ सय रुपैयाँ घटेको छ । एक गते तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ५८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

१ गते ६० हजारमा कारोबार भएपनि ८ गते भाउ बढेर ६ वर्षयताकै महंगो तोलाको ६३ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसयता फेरि बिस्तारै घटेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको हो ।

डलरको तुलनामा भारतीय रुपैयाँ मजबुत हुँदा सुनको भाउ घटेको महासंघले जनाएको छ । आज चाँदी पनि तोलामा ५ रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!