काठमाडौँदेखि ३० किमी उत्तरपश्चिम केन्द्र पारेर शक्तिशाली भूकम्पको धक्का

Posted on: 24 Apr, 2019

वैशाख ११, काठमाडौँ | राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । भूकम्प गएपछि काठमाडौँमा अधिकांश व्यक्तिहरु घरबाट बाहिर निस्किएका थिए । 

राष्ट्रिय भूकम्पमापन केन्द्रका पूर्वप्रमुख सोमनाथ सापकोटाका अनुसार धादिङ केन्द्रविन्दु भएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यता emsc-csem.org का अनुसार काठमाडौँबाट ३० किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भई ४.९ रेक्टरको भूकम्प गएको हो । 

भूकम्पको धक्कासँगै काठमाडौँ लगायत आसपासका जिल्लाहरुका स्थानीयहरु घारबाटै बाहिर निस्किएका थिए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!