संविधान दिवस मनाउन उर्दी जारी गरे पनि कार्यक्रम हेर्न पाएनन सर्वसाधारणले

Posted on: 20 Sep, 2019

असोज ३,काठमाडौँ | असोज ३गते अर्थात आज संविधान दिवसका दिन काठमाडौँको टुँडिखेलमा सरकारले विशेष कार्यक्रमको आयोजना गरेपनि कार्यक्रम हेर्न पुगेका सर्वसाधारण भने टुँडिखेल बाहिरैबाट पनि कार्यक्रम हेर्न पाएनन् |

मुल कार्यक्रमस्थलमा त सर्वसाधारणलाई प्रवेश गर्न दिइएन नै, फलामे पर्खाल बाहिर बसेर कार्यक्रम हेरिरहेका सर्वसाधरणलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै हटाए। पर्खालबाहिरैबाट कार्यक्रम हेर्न खोजेका सर्वसाधारणलाई सुरक्षाकर्मीले त्यहाँबाट हटाएपछि सर्बसाधारणले कार्यक्रम हेर्न पाएनन |

विभिन्न जिल्ला बाट आएका सर्वसाधारण समेत कार्यक्रम हेर्न पुगेका थिए तर पर्खाल बाटै पनि शुरक्षाको कारण देखाउदै लखेटियो |  टुँडिखेलमा राष्ट्रप्रमुख, सरकार प्रमुख, उच्च पदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख ,राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारी लगायतको उल्लेख्य उपस्थिति थियो | संविधान दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!