यस्तो छ आजको मौसम पूर्वानुमान, कुन्-कुन ठाउँमा हुदैछ हिमपात ?

Posted on: 15 Dec, 2019

मंसिर २९, काठमाडौँ | नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले हिमपात र बर्षा भइरहेको छ | जसको कारणले चिसो बढे संगै देशै भरिको जनजीवन प्रभावित बनेको छ | मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज देशको अधिकांस भू-भागहरुमा  सामान्य देखि पूर्ण  बदली रहेको छ |

आइतबार  देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वी  पहाडी  भू-भागको  / १ /२  स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ |

त्यस्तै आइतबार राति पनि हल्का बदलि र बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!