यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान,हिमपात र बर्षाको सम्भावना

Posted on: 13 Jan, 2020

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका उपत्यका तथा तराईका  भू-भागमा कुहिरो/हुस्सु लागेको छ | पश्चिमी पहाडी  भू-भागका  केहि स्थानमा हल्का बर्षा संगै हिमपातको सम्भावना रहेको छ |

यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान: 

पौष २८ गते (सोमबार) 

दिउँसो : देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने  सम्भावना  छ। 

रातीः   देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी  पहाडी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

पौष २९ गते (मंगलबार) 

दिउँसो : देशका पश्चिमी भू-भागमा  सामान्य बदली भई अन्य पहाडी भू्-भागमा आंशिक बदली  रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का  देखि मध्यम  हिमपात हुने सम्भावना रहेको छ।

रातीः  देशका पश्चिमी भू-भागमा  सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

माघ १ गते (बुधबार) 

दिउँसो : देशका पश्चिमी भू-भागमा आंशिक देखि  सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!