सार्वजनिक बसमा हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गर्ने एक बर्ष पछि पक्राउ

Posted on: 14 Jan, 2020

पुस २९, काठमाडौँ | सार्वजनिक बसमा हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गर्ने एक जना एक बर्ष पछि पक्राउ परेका छन् | युवकले बस भित्रै हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक संजालमा अपलोड गरेका थिए |


महानगरीय अपराध प्रहरी महाशाखाका अनुसार  सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गरेको आधारमा उनलाई पक्राउ गरिएको हो | आज पत्रकार सम्मेलन गरेर घटनाबारे थप जानकारी दिने प्रहरीले  जनाएको छ |

ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने अनुमान गरिएको सार्वजनिक यातायातभित्रै  एक बर्ष पहिले हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक संजालमा निकै आलोचना समेत भएको थियो |

ति व्यक्तिले नै खिचेर उक्त भिडियो सामाजिक संजालमा पोष्ट गरेका थिए | भिडियोमा देखिए अनुसार बस बिसौनीमा बिसाइरहेको एउटा खाली बसमा महिला चढ्दै गर्दा ती पुरुष पनि चढ्छन् र पछाडि बस्न नपाउँदै आफ्नो पाइन्ट खोलेर हस्तमैथुन गर्न थाल्छन |

उनले बारम्बार आफ्नो क्यामरा ती महिलातर्फ देखाउँछन् | तर ती महिलालाई आफ्नो पछाडि के भइरहेको छ, त्यसबारे थाहा छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!