अदालतले दियो दुर्गा प्रसाइँलाई पक्राउ गर्न अनुमति

Posted on: 16 Jan, 2020

माघ २, काठमाडौं | बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाइँलाई जिल्ला अदालत भक्तपुरले पक्राउ गर्न अनुमति दिएको छ | उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई २० करोड घुस मागेको आरोप लगाएका थिए |

गिरीले प्रसाई बिरुद्ध बेइज्जती र मानहानीको मुद्दा हालेपछि अनुसन्धान र बयानका लागि प्रसाइँलाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो |

 लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगे पनि प्रशाई भने फरार रहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!