आगामी २४ घन्टाको मौसम कस्तो छ ? हेर्नुहोस

Posted on: 17 Jan, 2020

माघ ३, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको कारण नेपालको पश्चिमी, मध्य भू-भागमा र पुर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्णतया बदली भएको जनाएको छ ।

महाशाखाले सार्वजनिक गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार शुक्रबार (आज) दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछमहाशाखाले जनाएको छ । देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको छ।

भोलि (शनिबार) दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रहनेछ । पहाडी  भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ ।

 त्यस्तै माघ ५ गते (आइतबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ। आइतबार राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आगामी २४ घण्टा देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न हुन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!