जेठ २५, काठमाडौं । एजेन्सी । रक्त समूह एक भएकाहरुलाई कोरोना संक्रमणको खतरा अत्यधिक हुन्छ । उनीहरुमा संक्रमणको स्तर गम्भीर हुनसक्छ । यो दाबी जर्नमीको कील युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेका हुन् । उनका अनुसार अरुको तुलनामा उनीहरु संक्रमित हुने खतरा ६ प्रतिशत बढी हुन्छ ।
अनुसन्धानकर्ताले ए नेगेटिभ रक्त समूह भएका कोरोना पीडितमा डिएनएको एक विशेष हिस्सा यस्तो हुन्छ जुन यसका लागि जिम्मेवार हुनसक्ने तथ्य फेला पारेका छन् । अनुसन्धानको क्रममा यसको पुष्टि भएको हो । यसअघि चीनमा भएको अनुसन्धानमा पनि ए ‘नेगेटिभ’ रक्त समूह भएकाहरुमा कोरोना संक्रमणको खतरा अत्यधिक बताइएको थियो ।
अनुसन्धानकर्ताका अनुसार ए नेगेटिभ रक्त समूह भएकाहरुलाई अक्सिजनको अत्यधिक आवश्यकता पर्न सक्छ वा उनीहरुलाई भेन्टिलेटरमा लैजानु पर्ने सम्भावना अत्यधिक हुन्छ । यसै कारण युवा र स्वस्थ व्यक्ति पनि कोरोनाद्वारा संक्रमित हुनसक्छन् वा उनीहरुको मृत्यु हुनसक्छ । अमेरिकामा कोरोनाका ४० प्रतिशत बिरामी युवा छन् ।
अमेरिकाको सबैभन्दा ठूलो स्वास्थ्य एजेन्सी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार गत हप्ता अस्पताल भर्ना हुने कोरोनाका ३० प्रतिशत बिरामीको उमेर १८ देखि ४९ वर्ष थियो । रक्त समूह ए नेगेटिभमा कुन उमेर समूहका व्यक्ति सबैभन्दा बढी प्रभावित हुन्छन् यसबारे अनुसन्धानकर्ता पत्ता लगाउने कोसिसमा छन् ।
अनुसन्धानकर्ताका अनुसार इटली र स्पेनका यस्ता कोरोना पीडितका स्याम्पल लिइयो जसलाई सास फेर्न समस्या भइरहेको थियो । दुबै देशका यस्ता १६ सय १० बिरामीको जिनोम सिक्वेन्स परीक्षण गरियो । अनुसन्धानकर्ताका अनुसार उनीहरुको डिएनए रिपोर्टमा एउटा कमन प्याटर्न देखियो जुन ज्यानलाई जोखिम बढाउनका लागि जिम्मेवार हुनसक्छन् ।
यो रिपोर्टको मिलान कोरोनाका यस्ता २२ सय ५ बिरामीसँग गरियो जो गम्भीर रुपमा बिरामी थिएनन् । शोधकर्ताले डिएनएका दुई जिन यस्तो भेटे जसले १६ सय १० जनाको स्थिती गम्भीर बनाएको थियो ।
अनुसन्धानकर्ताका अनुसार ओ नेगेटिभ रक्त समूह भएकाहरुलाई संक्रमणले गम्भीर रुप लिने आशंका सबैभन्दा कम छ । ए नेगेटिभ रक्त समूह भएकाहरुमा खतराको कारण प्रतिरोधी क्षमता हुनसक्छ जुन अत्यधिक सक्रिय हुँदा फोक्सो सुन्निनुका साथै अन्य अंगलाई यसरी प्रभावित पार्छ कि यी कोरोनासँग लड्नै सक्दैनन् ।
स्रोत : न्युयोर्क टाइम्स
यस बिषयमा तपाइको प्रतिक्रिया...!