आज थप ५३५ जनामा कोरोना संक्रमण, रसुवा बाहेक सबै जिल्लामा संक्रमित

Posted on: 22 Jun, 2020

असार ७, काठमाडौँ | पछिल्लो २४ घण्टामा सोमबार थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ७४ महिला ४६१ जना पुरुष रहेका छन् । 

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिएका हुन् । 

थपिएका नयाँ संक्रमितसँगै नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या ९ हजार ५६१ पुगेको छ । जसमा ८९४ महिला र ८ हजार ६६७ जना पुरुष रहेका छन् । 

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले रसुवा जिल्ला बाहेक मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएको बताए । 

हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!