थप ३६० जनामा कोरोना सङ्क्रमण, अहिलेसम्म ६५ जनाको मृत्यु

Posted on: 06 Aug, 2020

साउन २२, काठमाण्डाै ।बितेको २४ घण्टामा नेपालमा तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २१ हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 नेपालमा कोरोनाका कारण अहिलेसम्म ६५ जनाको मृत्यु भएकाे जनाइएको छ । पछिल्लो २४ घण्टामा दुई सय ३३ जनाले कोरोनालाई जितेका छन् ।  नेपालमा अहिले कोरोनाका ६ हजार दुई सय ९६  जना सक्रिय सङ्क्रमित छन् ।

बितेको २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गरिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!