टाउकोमा तीन गोली लागेकी यि महिला कार चलाएर २८ किमि टाढा अस्पताल पुगिन्

Posted on: 16 Jan, 2020

माघ २, एजेन्सी | भारतको पञ्जाबकी एक महिलाको टोउकोमा तीन गोली लागेर पनि आफ्नो आमालाई लिएर २८ किलोमिटर टाढा अस्पताल पुगेकी छिन्  | जमिनको विवादलाई लिएर छोरी सुमीत कौर र उनकी आमा सुखजिन्दरमाथि ६ वटा गोली प्रहार भएको हो |


सुमीतको  ३ वटा गोली टाउको  र एउटा चिउँडोमा लागेको थियो | त्यस्तै  दुई वटा गोली आमाको खुट्टामा लागेको थियो | घाइते बनेकी सुमीतले आमालाई उठाएर कारमा राखेर २८ किलोमिटर टाढा अस्पतालसम्म  पुगिन |

४२ वर्षीया सुमीत र ६५ वर्षीया सुखजिन्दरलाई लागेको गोली सफलतापूर्वक निकालिएको भारतीय संचार्माध्य्म्हारुले जनाएका छन् | सुमीतको टाउकोमा तीनवटा र पछाडि घाँटीमा एउटा गोलि अड्केको थियो | घाइते सुमीत होसमा नै थिइन् | हरीले सुमीतको भतिजा कवरप्रीत सिंहविरुद्ध उजुरी दर्ता गरेको छ भने,उनी घटनापछि फरार रहेका छन् |

सुमीत कौरका अनुसार कवरप्रीत आफ्नो पिता हरिन्दर सिंहसँग मुक्तसरको अवोहर रोडमा बस्छन् | सुमीत  भने सम्बन्धविच्छेद  पछि आमासँगै बस्दै आएकी छिन् | सम्पत्तिलाई लिएर दुईबीच विवाद भएपछि उनले कारबाट पिस्तोल ल्याएर सुमीतमाथि गोली चलाए | को आवाज सुनेर बाहिर आएकी सुखजिन्दरमाथि पनि गोली चलार उनी फरार रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!