अनलाइनबाट बन्दुकको कारोबार गर्ने २६ चिनियाँ पक्राउ

Posted on: 16 Aug, 2019

साउन ३१, एजेन्सी | चीनको हेबेइ प्रान्तको प्रहरीले अनलाईनबाट बन्दुक विक्री गर्नेहरुको संजाल तोडिएको जनाएको छ । अनलाईनबाट बन्दुक विक्री गर्ने कार्यमा संलग्न २६ जनालाई पक्राउ पनि गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

सिङताई नगरको सार्वजनिक सुरक्षा विभागले ४७ बन्दुक र ३० हजार थान गोली र ५० किलोग्रामभन्दा बढी बारुद पनि बरामद गरिएको जनाएको छ । प्रहरीले यस बारेमा गत बर्ष सन् २०१८ को अन्त्यदेखि नै श्रीङ्खलाबद्ध रुपमा निगरानी गर्न थालेको जनाएको छ ।

लागु औषधसम्वन्धी घटनाहरुका बारेमा अनुसन्धान गर्दै जाँदा बन्दुक कारोबारका बारेमा थाहा हुन थालेको प्रहरीको भनाई छ । तीन महिनासम्मको अनुसन्धानपछि अनलानईनबाट देश विदेशमा बन्दुक किनबेच हुनेगरेको पत्ता लगाएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!