इराक आक्रमणः नेटोद्वारा इराकमा तालिम अभियान स्थगित

Posted on: 04 Jan, 2020

पुष १९, काठमाडौँ (रासस/एएफपी) | उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले इराकमा यस पहिले सञ्चालन गर्दै आएको तालिम अभियानलाई स्थगित गरेको छ ।

अमेरिकाको हवाई आक्रमणबाट इराकको राजधानीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी, इराकमा पछिल्लो समय आन्दोलनरत विद्रोही समुहका प्रमुख नेता अबु महदी अल–मुहन्दीससहित छ जनाको मृत्यु भएको थियो ।

अल–मुहन्दीसले इरानको समर्थनप्राप्त समूह कताइब हेजबुल्लाह र इरानसँग निकट अन्य लडाकू समूहहरूको छाता संगठन समूहको पनि नेतृत्व गर्दै आउनुभएको थियो । 

इराकमा नेटोका सयौँको सङ्ख्यामा सैनिक तैनाद भएका छन् भने उनीहरूले इराकी सेनालाई आवश्यक तालिम दिँदै आएको थियो । इराकी सरकारले बग्दादमा इस्लामिक समूहका गतिविधि रोक्नका लागि नेटोको सहयोगका लागि माग गरे अनुरूप नेटोले आफ्ना अधिकारीलाई त्यहाँ पठाएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!