अष्ट्रेलियामा आगलागीले लियो भयावहरुप : ५० करोड जनावर खरानी, घर छोडेर भाग्दै मानिस

Posted on: 05 Jan, 2020
पुस २०, एजेन्सी | अष्ट्रेलियामा लागेको आगोले निकै भयावह रुप लिएको छ | यो आगोले मानिस र जनावरलाई प्रभावित बनाइ सकेको छ | गत सेप्टेम्बरदेखि लागेको डढेलोमा परेर करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ |

हाल सम्म डढेलो  नियन्त्रणमा आउन सकेको छै भने डढेलो  लागेको चार महिना बितिसकेको छ |  युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टका अनुसार हालसम्म ५० करोड जनावर मरेका छन् | न्यू साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएम) ले जंगलको डढेलोका कारण नावरा नजिकैको उत्तरी किनारमा आफ्नै मौसम प्रणाली विकसित भएको बताएको छ | आगो अष्ट्रेलियाको भिक्टोरिया र न्यू साउथ वेल्सको तटीय इलाकामा सबैभन्दा धेरै फैलिएको छ |

आगलागीका कारण हावा र विषालु धुँवाका कारण पूर्वी तटमा रहेको इलाकामा समस्या उत्पन्न भएको छ | घर छोडेर समेत मानिसहरु भाग्न थालेका छन् | सरकारले थुप्रै इलाकामा संकटकालको घोषणा समर गरिसकेको छ |

शनिबार तीब्र गतिको हावाका कारण आगो थप फैलिएको छ | बढ्दो तापक्रमका कारण अग्नी नियन्त्रणमा खटेका समूहले ठूलो समस्या व्यवहोर्नुपरेको छ भने धेरै स्थानमा तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुगेको छ |

आगोका कारण हज्जारौं मानिसहरु घर शहर छोडेर शरणार्थीको रुपमा बस्न बाध्य छन् । आगोबाट २ सय बढी घरमा पनि क्षती पुगेको छ | हालसम्म उक्त आगलागीबाट १८ जनाको ज्यान गैसकेको छ |

















यस बिषयमा तपाइको प्रतिक्रिया...!