आइएस लडाकु नेपाल हुँदै भारत छिरेको भारती संचारमाध्यमको दाबि, सतर्कता अपनाउन आग्रह

Posted on: 05 Jan, 2020

पुस २०, काठमाडौँ | भारतीय संचारमाध्यमहरुले आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) का लडाकु नेपाल हुँदै भारत छिरेको बताएका छन् | कम्तिमा पाँच आइसिस लडाकु नेपाल हुँदै भारत छिरेको भारतीय गुप्तचर संस्थाको दाबि छ |

उनीहरू भारत छिरेको देखिएसँगै उत्तर प्रदेशको नेपाल बोर्डर नजिकका गोरखपुर, सिद्धार्थनगर, खुसीनगर, महाराजगन्जलगायतमा सतर्कता अपनाउन भनिएको छ | संचार माध्यमका अनुसार भारतीय गुप्तचर संस्थाले दुई जनाको पहिचानसमेत गरिसकेको र उनीहरू ख्वाजा मोनुद्दिन र अब्दुर सामद रहेका छन् |

सन् २०१७ मा ख्वाजालाई भारतको राष्ट्रिय अनुसन्धान एजेन्सीले चेन्नईबाट पक्राउ गरेको थियो | ख्वाजा सिरियाबाट फर्किएसँगै त्यहाँका युवालाई आइएसमा भर्ना गरिरहेको आरोप लागाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!