अमेरिकाले इरानमाथि गरेको आक्रमण प्रति चिनको यस्तो प्रतिकृया

Posted on: 06 Jan, 2020

पुस २१, एजेन्सी | अमेरिकाको हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको ज्यान गए पछि दुवै मुलुक बिच तनाब उत्पन्न भएको छ | अमेरिकाको यस्तो कदम प्रति चिनले खेद प्रकट गरेको छ | चिनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाको उक्त कदम अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताविपरित भएको बताएका हुन् |

सोमबार प्रवक्ता जेङ सुआङले एक वक्तव्य जारी गर्दै भनेका छन्, 'चीनले आफ्नो निष्पक्ष अडान कायम राख्दै मध्यपूर्वको शान्ति-सुरक्षा खलबलिन नदिन उचित कदम चाल्नेछ ' उनले इरानले बाह्य दबावमा भए पनि न्यूक्लियरसम्बन्धी सम्झौता पालन गर्दै आएको स्मरण गराए |

इरानले संयमता प्रदर्शन गर्दै सम्झौता उल्लंघन नगर्ने राजनीतिक इच्छा प्रकट गर्दै आए पनि सुआङले उल्लेख गरे । अमेरिकाले ट्रम्प सत्तामा आएसँगै उक्त सम्झौता उल्लङ्घन गरेको थियो | सुआङले, स्पष्ट शब्दमा, अमेरिकाले हिंसात्मक कदम उठाएर अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता उल्लंघन गरेको बताए |

चीन जहिल्यै हिंसात्मक कारबाहीको विपक्ष रहेको र हिंसाले समाधान दिँदैन भन्दै 'न्यूक्लियर मामिलामा सबै पक्ष निष्पक्ष र इमान्दार छलफलका लागि तयार हुनुपर्ने उनले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!