अष्ट्रेलियामा हेलिकप्टरबाट गोली हानेर उँट मार्न सुरु,पाँच दिनमा पाँच हजार उँट मारीए

Posted on: 15 Jan, 2020

माघ १, एजेन्सी | अष्ट्रेलियामा लागेको डढेलोको कारण लाखौ जनावरको मृत्यु भइसकेको छ | विश्वलाई नै रुवाउने जनावरका तस्बिरहरुले अहिले निकै चर्चा पाइरहेका छन | भिषण आगलागीबाट करिब ५० करोड भन्दा बढी पसुपंक्षी मरिसकेका छन् |

यस्तो अवस्थामा उँटलाइ भने हेलिकप्टरबाट गोलि हानेर मारिदै छ | पाँच दिनमा पाँच हजार भन्दा बढी उँटलाई गोली मारिसकेको छ | पानी खोज्दै ठूलो संख्यामा उँट आएर घरमा नोक्सानी  गर्न थाले पछि आदिवासी समुदायले गरेको माग अनुसार मंगलबारसम्म हेलिकप्टरबाट निशानेबाजले गोली हानेर पाँच हजार बढी उँट मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् |

उँटहरु खाना, पानी खोज्दै भौतिक संरचना भत्काउने गरेको र सवारी दुर्घटना समेत बढ्न सक्ने भन्दै अस्ट्रेलियाको सरकारले उँट मार्ने निर्णय गरेको हो | अष्ट्रेलियामा डढेलोका कारण बढेको गर्मी र सुख्खाका कारण उँट घरमा पसेर क्षेती पुर्याउन थालेका छन् |

उँट त्यहाँको स्थायी जनावर भने होइन | सन् १८४०मा २० हजार उँट भारत, मध्यपूर्व, अफगानिस्तानलगायतका ठाउँबाट ल्याएको थियो | पछिल्लो समयमा उँटको संख्या निकै बढ्दोक्रममा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!