कोरोना भाइरसको उपचारका लागि चीनले ६ दिनमा यसरी निर्माण गरिरहेको छ अस्पताल

Posted on: 26 Jan, 2020

माघ १२, एजेन्सी | भर्खरै देखापरेको चिनियाँ कोरोना भाइरसले विश्वभरि नै आतंकित बनाएको छ | यो भाइरस अमेरिका, दक्षिण कोरिया,र नेपालमा समेत फैलिसकेको छ | चिनमा यो भाइरसको सक्रमणबाट उपचारमा खटिएका डाक्टरकै समेत मृत्यु भइसकेको छ |


हाल सम्म चिनमा ८३० जनामा कोरोनाभाइरस लागेको पुष्टि भएको भने  कम्तीमा ४१ जनाको मृत्यु भइसकेको छ | वुहान शहरमा कोरोनाभाइरस लागेको शङ्का लागेका बिरामीको उपचारका लागि ६ दिनमा तयार हुनेगरी अस्पताल निर्माण गर्न सुरु गरिको छ |

वुहानमा १ करोड १० लाख जनसङ्ख्या रहेको छ भने उक्त क्षेत्रबाटै यो भाइरसको सङ्क्रमण सुरु भएको हो | औषधि पसलहरूमा औषधिको अभाव भएको छ भने,शहरका अस्पतालमा चिन्ताग्रस्त मानिसहरूको भिड लागेको छ |

नयाँ अस्पताल १ हजार शैय्याको हुने चिनिया संचारमाध्यमहरुले जनाएका छन् | २५,००० वर्ग मीटर क्षेत्रफल रहेको अस्पताल निर्माण क्षेत्रमा डिगरहरू कामगरिरहेका छन् | सन् २००३ मा सार्स भाइरस सङ्क्रमणका बेला बेइजिङमा यस्तै खालको अस्पताल बनाइएको थियो। त्यसैका आधारमा नयाँ अस्पताल बनाइने बताइएको छ |

"यो सङ्क्रमणजन्य रोग लागेका मानिसलाई छुट्टै राखेर उपचारको प्रक्रिया अपनाइने र विभिन्न खाले सावधानी अपनाइने किसिमको अस्पताल हो" हार्भर्ड मेडिकल स्कुलमा ग्लोबल हेल्थ एन्ड सोसल मेडिसिनकी लेक्चरर जोआन काउफम्यानले भनिन् |

बेइजिङमा एउटा अस्पताल सात दिनमा सम्पन्न गरेको र अहिले सम्भवत त्यो रेकर्ड तोड्ने गरी छ दिनमा बनाउने प्रयत्न गरिरहेको बताएका छन् | यो अस्पताल पनि प्रिफ्याब वस्तुबाट बनाइनेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!