युरोपमा पनि कोरोनाभाइरसबाट एकजनाको मृत्यु

Posted on: 16 Feb, 2020

फागुन ४, एजेन्सी | कोरोना भाइरसको संक्रमणबाट युरोपमा  पहिलोपटक एकजनाको मृत्यु भएको छ |  फ्रान्स घुम्न आएका चीनको हुबेई प्रान्तका एक ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्य मन्त्री आनियास बिजाँले बताएकी छिन |

उनी जनवरी १६ मा फ्रान्स आएका थिए र उनलाई २५ जनवरीबाट क्वारेन्टाइनमा राखिएको थियो | हालसम्म चीनबाहिर २४ मुलुकमा कोरोनाभाइरसका ५ सय भन्दा बढी संक्रमित भएको पुष्टि भइसकेको छ | चिनबाहिर हालसम्म फिलिपिन्स,हंगकं,जापानमा पनि एक-एक जनाको ज्यान गैसकेको छ | 

चिनको हुवेइ प्रान्तबाट फैलिएको उक्त भाइरसले महामारीको रुप लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!