अमेरिकी जहाज ध्वस्त पार्ने रुसको चेतावनी

Posted on: 25 Nov, 2020

मंसिर १०, एजेन्सी | रुसले आफ्नो समुद्री क्षेत्रमा प्रवेश गर्ने अमेरिकी जहाजलाई ध्वस्त पार्ने चेतावनी दिएको छ | अमेरिकी युद्धपोत जापान सागरको क्षेत्रमा प्रवेश गरेपछि  रुसले उक्त चेतावनी दिएको हो | उक्त अमेरिकी जहाजलाई पछ्याएको रुसको दाबि छ |

यूएसएस जोन एस म्याकेन नामक उक्त जहाज रुसको सिमा पीटर द ग्रेट गल्फ को क्षेत्रमा दुई किलोमिटर भित्रसम्म गएको थियो | रुसको चेतावनीसंगै जहाज फिर्ता गरिएको छ | अमेरिकाले भने आफ्नो कुनै गल्ति नभएको बताएको छ | 

मंगलबार जापान सागरमा भएको उक्त घटनामा रुसको रक्षा मन्त्रालयले उसको प्रशान्त क्षेत्रतर्फ युद्धपोत एडमिरल विनोग्रादोवले अन्तर्राष्ट्रिय संवाद च्यानलमार्फत् अमेरिकी जहाजलाई चेतावनी दिएको थियो | यद्यपि, अमेरिकी नौसेनाका सातौं तहका प्रवक्ता लेफ्टिनेन्ट जोए केलीले उक्त दाबि गलत भएको बताए |

समुद्री सीमाको विषयमा गरिएको अवैध दाबीलाई अमेरिकाले कहिले नस्वीकार्ने उनको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!