भारत-चीन सिमा विवाद : सिक्किममा सैनिक भीडन्त,२४ घाइते

Posted on: 25 Jan, 2021

माघ १२, काठमाडौँ । भारत र चिनबिच सिमा विवाद हुँदा पुनः सैनिक भिडन्त भएको छ । उत्तरी सिक्किममा चिनियाँ सैनिक भारतीय भूमिमा आउँन खोजेपछि त्यसलाई रोक्न खोज्दा भिडन्त भएको भारतीय संचारमाध्यहरुले जनाएका छन् । 

जवाफमा भारतीय सैनिले विद्रोह गरेपछि झडप भएको छ । उक्त झडपमा परी २० चिनियाँ सैनिक र ४ भारतीय सैनिक घाइते भएका छन् । केहिदिन अघि एक चिनियाँ सैनिकलाई भारतीय सिमानामा लुकेपछि हिरासतमा लिएको थियो।

उक्त घटना पूर्वी लद्दाखको पैगोंग त्सो तालको दक्षिणी भागको हो। २ दिनपछि भारतले चिनियाँ सैनिक फिर्ता गरेको थियो । त्यसपछि चिनले आच्नो सैनिक भारतीय सीमामा प्रवेश गर्नु गल्ति भएको स्पष्ट पारेको थियो ।

गत वर्ष अप्रिलदेखि भारत र चीनबीच तनाब रहेको छ। 

गत जुनमा गल्भनमा दुई देशका सैनिकहरूबीचको झगडामा २० भारतीय सैनिक मारिएका थिए । झडपमा चीनका ४० भन्दा बढी सैनिक मारीए पनि चिनले हाल सम्म स्वीकारेको छैन।एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!