स्थानीय तहमा अझै तीन निर्वाचन बाँकी, यी हुन् अब हुने निर्वाचन

Posted on: 21 May, 2017

जेठ ७, काठमाडौं । ३१ वैशाखमा तीनवटा प्रदेशका २ सय ८३ वटा स्थानीय तह निर्वाचनबाट अधिकांश तहमा जनप्रतिनिधि निर्वाचित भए पनि ती तहले पूर्णता पाउन अझै तीन चरणको निर्वाचन प्रक्रिया पूरा गर्नुपर्नेछ ।

जनताले प्रत्यक्ष मत दिनु नपरे पनि स्थानीय तहलाई पूर्णता दिन दुईवटा निर्वाचन र तीनवटा चरणगत कार्य बाँकी छन् । निर्वाचन भएका तहमा गाउँ/नगर सभाको लागि मात्र प्रतिनिधि चुनिएकाले अब ती तहमा कार्यपालिका र न्यायिक समिति निर्माणका लागि दुईवटा बेग्लाबेग्लै निर्वाचन गर्न बाँकी छन् ।

स्थानीय कार्यपालिका गठन गर्नका लागि महिला, दलित, अल्पसंख्यक प्रतिनिधिका लागि छुट्टै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सो निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन सम्बन्धित केन्द्रका निर्वाचन अधिकृत र कार्यालयले काम गर्नुपर्नेछ । बाँकी रहेका दुई निर्वाचन भने अप्रत्यक्ष मतदानबाट हुनेछ । गत ३१ वैशाखमा जनताले प्रत्यक्ष मतदान गरी निर्वाचित गरेका जनप्रतिनिधिले मतदान गरी अबको निर्वाचन सम्पन्न गरिनेछ । - राजधानी दैनिक

यस बिषयमा तपाइको प्रतिक्रिया...!