कञ्चनपुर: चुरेको फेदीमा महिलाको शव

Posted on: 16 Feb, 2018

फागुन ४, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे फेदीमा बिहीबार करिब ३५ वर्षीया महिलाको शव फेला परेको छ । 

शव सडेगलेको अवस्थामा फेला परेकाले पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । शवबारे अनुसन्धान कार्यअगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!