वैदेशिक रोजगार विभागद्वारा १५ म्यानपावरको काम रोक्का, को-को परे ? (नामसहित)

Posted on: 19 Feb, 2018

फागुन ७, काठमाडौँ । वैदेशिक रोजगार विभागले ३ महिनायता म्यानपावर व्यवसायीको अनुगमन गरेको छैन ।

म्यानपावर व्यवसायीले १० हजार रुपैयाँको रसिद दिएर १ लाखभन्दा बढी रकम लिई कामदारमाथि आर्थिक शोषण गरिरहे पनि विभाग भने जनशक्ति अभाव भन्दै मौन छ । 


तत्कालीन महानिर्देशक विश्वराज पाण्डेलाई भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि विभागले म्यानपावर व्यवसायीमाथिको अनुगमन गर्न कर्मचारी परिचालन गरेको छैन ।

विभागका प्रवक्ता मोहनकृष्ण सापकोटाका अनुसार कर्मचारी अभावले अनुगमन र अनुसन्धानमा बाधा पुगेको हो । 

ठगी गर्ने म्यानपावरको काम रोक्का

वैदेशिक रोजगार विभागले कामदारसँग आर्थिक शोषण गर्ने र श्रम सम्झौताअनुसार काम, सेवा सुविधा नदिने १५ म्यानपावरको काम रोक्का गरेको छ ।

अलजाफर इन्टरनेसनल, क्यापिटल रिक्रुटमेन्ट, डिजाइन इम्प्लोइमेन्ट सर्भिस, जीएस इम्प्लोइमेन्ट, इनोभेसन सर्भिस, खालिद इन्टरनेसनल, लिंकस्टार म्यानपावर, पान्डोरा इन्कोरपोरेसन, पाथ इन्टरनेसनल, फिसल्याडर, रेड एन्ड ब्लु रिक्रुटमेन्ट, रेसुङ्गा इन्टरनेसनल, रिजा ओभरसिज र सिग्मा इन्टरनेसनलको कामकारबाही रोक्का गरिएको हो ।, यो खबर आजको कान्तिपुरमा छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!