पोखरामा नगरबस दुर्घटना, २० जना घाइते

Posted on: 07 Oct, 2016

असोज २१ पोखरा | पोखराबाट लुकुमस्वारा जाँदै गरेको नगरबस पोखरा २५ पुम्दीभुम्दीमा बिहान दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

ग १ ख ६७९४ नम्बरको बस दुर्घटना हुँदा १ गम्भीर सहित २० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । बिपरित दिसाबाट आएको अर्को गाडीलाइ साइड दिने क्रममा बस दुर्घटना भएको स्थानीयले बताएका छन् ।

गाडी सडकबाट करिब चार मिटर तल पल्टेको थियो । उक्त गाडीमा ३५ – ४० जना यात्रु सवार रहेको प्रहरीले जानकारी दिएको छ । चालकको लापरबाहीको कारण दुर्घटना भएको स्थानीयले बाताएका छन् ।

घाइतेहरुको गण्डकी मेडिकल हस्पिटलमा उपचार भइ रेहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते हुनेमा ३३ वर्षकी दिल कुमारी पौडेल रहेकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!