श्रीमहालक्ष्मी यज्ञानुष्ठान शुक्रबारबाट सकिँदैछ

Posted on: 14 Jan, 2016

पुस ३०, मकवानपुर । गत पुष १ गतेबाट हेटौंडा–४ पिप्लेमा जारी श्रीमहालक्ष्मी यज्ञानुष्ठान शुक्रबारबाट सकिँदैछ । रुद्रेश्वर मन्दिर क्षेत्रलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको यज्ञानुष्ठानमा करिब २२ लाख रुपैंया संकलन भएको छ । आयोजकले दिएको जानकारी अनुसार बिहीबार मात्रै पनि एकलाख ९० हजार ८५ रुपैंया संकलन भएको छ । सचेत टोल विकास संस्थाले २० हजार पाँच, निर्माण व्यवसायी संघ मकवानपुरबाट १० हजार पाँच, देवनारायण श्रेष्ठले छहजार एक, समुन्द्रराज खड्का, शङ्कर श्रेष्ठ, सोहील श्रेष्ठ र मोहन नगरकोटीले जनही पाँचहजार पा“चसय ५५ रुपैंया सहयोग गरेका छन् भने रुपाखेती हार्डवेयर एण्ड सप्लायर्सबाट पाँचहजार पाँच सहयोग गरेको छ । चण्डिका/राधिका केसीले पाँचहजार एकसय, सुशीलकुमार भगतले पाँचहजार एकसय, संगम ज्यूँदो माछा सप्लायर्सबाट तीनहजार पाँचसय ५५, शिव/टेककुमार रिजालबाट तीनहजार पाँचसय, उमाकुमारी कार्कीले दुईहजार छसय पाँच, सावित्री अर्यालले दुईहजार पाँचसय २५, नवराज बिडारीले दुईहजार पाँचसय ५१, कालिका घिमिरेले दुईहजार पाँचसय एक, हरिचन्द्र/बिन्दा गौतमबाट दुईहजार पाँचसय ११, भोजकुमारी घिमिरेले दुईहजार पाँचसय २५, राधिका दाहालले दुईहजार पाँचसय १०, दीपक/निरु बस्नेतले दुईहजार पाँचसय ११, हरिबहादुर बस्नेतले दुईहजार पाँचसय २१, विमल ढकालले दुईहजार पाँचसय २५, बलराम नगरकोटीले दुईहजार पाँचसय २५, बिष्णु÷इन्दिरा पौडेलले दुईहजार पाँचसय ५५, काजीमान तामाङले दुईहजार पाँचसय २५, कविता/कृष्ण श्रेष्ठले दुईहजार पाँचसय २५, लिलानाथ सापकोटाले दुईहजार पाँचसय २५, दीपचन्द/मुन्नी अग्रवालले दुईहजार पाँचसय एक, चन्द्र लामिछानेले दुईहजार पाँचसय पाँच, गोकुल लम्सालले दुईहजार पाँचसय पाँच, ताराकुमार महतले दुईहजार पाँचसय पाँच र शङ्कर/सागर श्रेष्ठले दुईहजार छसय एक रुपैंया सहयोग गरेको आयोजक रुद्रेश्वर क्षेत्र विकास समिति अध्यक्ष राजीव सुवेदीले जानकारी दिए । शुक्रबार यज्ञानुष्ठानको अन्तिम दिन सामुहिक ब्रतबन्ध, मकर स्नानलगायतका कार्यक्रम रहेकोले मूल समारोह समिति संयोजक राजेश बानिया“ले उपस्थितीको निम्ति सबैलाई अनुरोध गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!