बंगुरपालन तामिल समापन

Posted on: 07 Feb, 2016

माघ २४, हेटौंडा । सिमलटारमा सञ्चालित बंगुर पालन सम्बन्धि तालिम आज समापन गरिएको छ । सिमलटारक्षेत्रलाई स्रोतकेन्द्रका रुपमा विकास गर्ने उद्घेश्यले आयोजना गरिएको तीन दिने बङ्गुर पालन तालिम समापन गरिएको हो ।

स्थानीय स्वरोजगार बङ्गुरपालक कृषक समूहका अध्यक्ष देवेन्द्र राईको अध्यक्षता तथा जिल्ला पशु सेवा कार्यालय मकवानपुरका कार्यालय प्रमुख तथा बरिष्ठ पसु विकास अधिकृत डाक्टर रामप्रकाश प्रधानको प्रमुख आतिथ्यमा तालिम समापन गरिएको हो । पशु विकास फार्म पोखरा र जिल्ला पशुसेवा कार्यालय मकवानपुरको संयुक्त आयोजनामा आयोजित तालिममा स्थानीय २१ जना कृषकको सहभागिता थियो ।

डाक्टर रामप्रकाश प्रधान, पशु विकास फार्म पोखराका पशु सेवा प्राविधिक दिपेन्द्र लामिछाने, पशुसेवा प्राविधिक मधु विलास न्यौपाने, बन्धुराज अधिकारीले सहनीकरण गर्नुभएको थियो । तालिम समापनमा विपन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुदुमाया थापा, स्वरोजगार बङ्गुर पालक कृषक समूहका सदस्य सल्लाहकार गोविन्दप्रसाद न्यौपाने, तालिमका सहभागी कृषक सपना गोङ्वा र रामकुमार जिम्बाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिममा बङ्गुरको जात छनौट, खोर व्यवस्थापन, आहारा व्यवस्थापन, प्रजनन् व्यवस्थापनबारे सहभागीलाई जानकारी गराइएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!