४ नम्बरको वडा भेला एवम् शुभकामना

Posted on: 15 Apr, 2016

बैशाख ३, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा(४ नम्बर ईकाईको वडा भेला एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् सांसद ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता र वडा सभापति हरीप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला सचिव बुद्ध लामा, महासमिति सदस्य रीता खनाल, उमा दाहाल, जिल्ला सदस्य प्रदीप कोईराला, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईं, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, नगर सचिव दीपकलाल खतिवडा, नेविसंघका जिल्ला सभापति महेन्द्र राउत,१५ नम्बर वडा सभापति चम्फुरत्न लामा, डिएलए केन्द्रीय उपाध्यक्ष केशव काफ्ले, वडा नागरिक मञ्च संयोजक राजन मैनाली, क्षेत्रीय सदस्य गणेशहरी उप्रेती, सचिव शुक्रराज जोशी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!