सरस्वती माविमा खुल्ला बक्तृत्वकला सम्पन्न

Posted on: 23 Jan, 2017

पर्वत । बाजुङ १ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा अन्तरविद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

 अतिरिक्त क्रियाकलापका कारण नियमित पठन पाठनमा पर्ने सकारात्मक प्रभाव विषयमा युवाहरु विच वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

सीड नेपालद्धारा आयोजित वक्तृत्वकला प्रतियोगितामा सरस्वती मा.वि.का सन्तोष रेग्मी प्रथम, महेन्द्र शिखरी मा.वि.का विवेक क्षेत्री द्धितिय, न्यूकोट कालिका युवा समूहका मोनिका चापागाई तृतिय र सरस्वती मा.वि.का करण बहादुर दर्जि सान्तवना भएका थिए । 

कार्यक्रममा गोविन्द पहाडीले जसरी हरेक सानो दाना बीउमा रुख बन्ने क्षमता हुन्छ त्यसै गरि हरेक व्यक्तिमा फरक फरक क्षमता हुन्छ भन्दै त्यो क्षमता प्रस्फुटन गराउनका लागि नियमित पठन पाठनका अतिरिक्त अन्य गतिविधिको विशेष महत्व हुन्छ भन्दै युवा विद्यार्थीहरुलाई जिज्ञासु बन्न आग्रह गरे ।

 कार्यक्रममा विश्वज्योती मा.वि. शिल्मीका पूर्व प्रधानाध्यापक चुडामणी सुवेदी, सरस्वती मा.विका प्राधानाध्यापक चन्द्र प्रसाद पौडेल लगायतले आफ्नो धारणा राखेको थिए भने कार्यक्रमको सञ्चालन सयपत्री युवा समूहका अर्जुन परियारले गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!