एमाले तेह्रथुमको दशौँ अधिवेशन जेठ अन्तिम साता

Posted on: 31 Mar, 2016

प्रकाश धौलाकोटी/ चैत १८, तेह्रथुम । नेकपा एमाले जिल्ला कमिटी तेह्रथुमको दशौँ जिल्ला अधिवेशन आगामी जेठ अन्तिम साता सदरमुकाम म्याङलुङमा हुने भएको छ । एमाले जिल्ला कमिटीको बैठकबाट हरेक ४–४ वर्षको अवधिमा हुने जिल्ला अधिवेशन जेठ २९, ३० र ३१ गते गर्ने निर्णय भएको अध्यक्ष तेजमान कन्दङवाले जानकारी दिनुभयो । जिल्ला अधिवेशनअघि वैधानिक व्यवस्था अनुसार म्याद पुगेका गाउँ तथा नगरपालिकाको अधिवेशन समेत सम्पन्न गरिने उहाँले बताउनुभयो । अधिवेशनमा जिल्लाका २१ गाविस र २ नगरपालिका करिब ५ सय प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!