करेन्ट लागेर एकको मृत्यु : इलाम

Posted on: 14 Jan, 2018

पुस ३०, इलाम | इलाममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । 

करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो । 

आफ्नै घर बनाउने क्रममा बांगिएको रड सिधा पार्ने क्रममा मेन लाइनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको इलाम प्रहरीको भनाइ छ । 

करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।  (रासस)


यस बिषयमा तपाइको प्रतिक्रिया...!