सम्मेलनको तयारीमा अखिल क्रान्तिकारी

Posted on: 24 Sep, 2015

असोज ७, सल्यान / अखिल क्रान्तिकारीले जनकल्याण उमावि थारमारेमा उमावि इकाई कमिटी निर्माण गरेको छ । विप्लव नेतृत्वको माओवादी निकट क्रान्तिकारीले केशव बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्माण गरेको हो ।

संगठनको उपाध्यक्षमा ललित वली, सचिवमा प्रेम डिसी, सहसचिवमा दिपेन्द्र डाँगी र कोषाध्यक्षमा एकराज खड्का रहेका छन । संगठनका निर्वतमान अध्यक्ष गणेशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला सम्मेलन आयोजक समितीका संयोजक कमल वली र सदस्य भुम प्रकाश भण्डारीको उपस्थिती रहेको थियो ।

असोज ८ गते थारमारेमा नै हुने १६ औं जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा विशेष साँस्कृतिक प्रस्तुती दिइने आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!