राप्तीमा एक विशेषज्ञसहित चार चिकित्सक थप

Posted on: 08 Oct, 2018

असोज २२, दाङ | राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एक विशेषज्ञसहित थप चार चिकित्सक उपचारमा खटिएका छन् । यसअघि अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो । 

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत शल्यक्रिया विशेषज्ञ डा जनार्दन पन्थी सरुवा भएर राप्ती अञ्चल अस्पताल आउनु भएको हो । यस्तै स्वास्थ्य सेवा विभागले थप दुई चिकित्सकलाई अञ्चल अस्पतालमा पठाएको छ भने तुलसीपुर उपमहानगरपालिकाले समेत एक चिकित्सकको व्यवस्था गरेको छ । लामो समयसम्म रिक्त दरबन्दीमा नौ नर्स काममा खटिएका अस्पतालका निमित्त प्रमुख डा सर्वेश शर्माले जानकारी दिनुभयो । “अब अस्पतालको सेवा थप प्रभावकारी बन्छ,” उहाँले भन्नुभयो । 

यसअघि चिकित्सक अभावमा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो । विशेषज्ञ चिकित्सक नहुँदा सामान्य बिरामीलाई समेत अन्य अस्पताल पठाउनुपर्ने बाध्यता थियो । “थप चिकित्सक भित्र्याउने तयारीमा छौँ,” डा शर्माले भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!