गाँउपालिकाले कर्मचारी तथा अध्यक्ष र उपाध्यक्षका लागि आवास गृह बनाउने

Posted on: 25 Nov, 2018

कृष्ण बिष्ट | मङ्सिर ९, बैतडी | बैतडीको सिगास गाउपालिकाले कर्मचारी र अध्यक्ष तथा उपाध्याक्षका लागि आवास गृह निर्माण गर्न लागेको छ । कर्मचारीहरु बस्नको लागि गाउपालिकाले ५० लाख बराबरमा १५ कोठे आवास गृह र २५ लाख बराबरको ४ कोठे भवन अध्यक्ष तथा उपाध्यक्षका निर्माण गर्न लागेको हो । 

कर्मचारी र अध्यक्ष तथा उपाध्यक्षका लागि गाउपालिकाले आवास गृह निर्माण गर्न चालु आर्थीक वर्षमा ७५ लाख बजेट बिनियोजन गरेको सिगास गाउपालिका उपाध्यक्ष द्रोपति चन्दले बताउनुभयो । गाउपालिकाको कार्यालयमा काम गर्ने कर्मचारीहरुका लागि बस्न समस्या भएपछि गाउपालिकाले नै कर्मचारी आवास गृह बनाउन लागेको उपाध्यक्ष चन्दले बताउनुभयो । 

जिल्लाको दुर्गम गाउपालिका भएकाले सडक सञ्जाल लगायत अन्य भौतीक पुर्वाधारको  समेत अभाव भएको हुदा कर्मचारिहरुको लागि गाउपालिकाले नै आवास गृह निर्माण गर्न लागेको वडा नं ५ का वडा अध्यक्ष एवम गाउपालिका प्रबक्ता राम बहादुर धामीले बताउनुभयो ।

 यस्तै गाउपालिका अध्यक्ष तथा यपाध्यक्ष हरुका लागि गाउपालिका को कार्यालय घरबाट टाढा भएकाले गाउपालिका कार्यालय नजिकै बस्न अध्यक्ष तथा उपाध्यक्ष अवास गृह बनाउन लागेको प्रबक्ता धामीले जानकारि दिनुभयो ।

गाउपालिका कार्यलयको पनि आफ्नै अवन नहुदा कार्य सम्पादनमा समस्या भएको छ । गत वर्ष देखि सुरु गरिएको गाउपालिका कार्यलय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको पनि गाउपालिकाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!