सुदूर पहाडमा बाक्लो हिमपात - हेर्नुस् १४ तश्वीर

Posted on: 07 Jan, 2019

कृष्ण बिष्ट | पुस २३, बैतडी | बैतडी तथा सुदूरका उच्च पहाडी जिल्लाहरुमा बाक्लो हिमपात भएको छ । बैतडीको खोडपे, सतबाज लगायतका क्षेत्रमा हिजो राति  देखि हिमपात भएको हो । बैतडीको खोडपे, सतबाज, धर्मघर  लगायतका अधिकाँश ठाँउहरुमा  बाक्लो हिमपात  भएको छ ।

यस्तै बझाङ्को बित्थड, श्रीभावर लगायत शैपाल गाउपालिकाका बिभिन्न ठाउहरुमा बाक्लो हिमपात भएको छ । आर्चुलाको पनि उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । 

हिमपात  सँगै यहाको जनजिवन प्रभावित हुनका साथै  यतायातका साधनहरु पनि अबरुद्ध बनेका छन  ।  


जयपृथ्बी राजमार्ग अन्तरगत खोडपे बझाङ् सडक खण्ड लगायतका सडकखण्ड हिमपात भएदेखि   अवरुद्ध भएको इलाका प्रहरिकर्यालय पाटनका  प्रहरी निरीक्षक गिन्द्र बोकटीले  जानकारी दिनुभयो ।  

 यस्तै चिसो मौसम सुरु भएसँगै स्वास्थयकर्मीहरुले आफ्नो स्वास्थ्यको ख्याल राख्न सुझाव दिएका छन । चिसो बढेकाले बालक, दृघ रोगी र बुढापाखाहरुको स्वास्थ्यमा प्रभाव पार्ने भएकाले ध्यान स्वास्थयमा ध्यान  दिन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका हुन । 

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख जगदिश चन्द्र बिष्टले शिशूहरुलाई चिसोले निमोनिया लगायत अन्य रोगले आक्रमण गर्ने भएकाले न्यानो पारी राख्न र तातो झोलीलो पदार्थ खुवाउन सुझाव दिनुभएको छ । 

जाडोको समयमा बालबालिका र वृद्धवृद्धाको विषेश हेरचाह गर्न पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन महराले  आग्रह गर्नुभएको छ  ।

हेरौं फोटो फिचर:


यस बिषयमा तपाइको प्रतिक्रिया...!