कैलालीमा आमाछोरीमाथि बलात्कार प्रयास

Posted on: 03 Sep, 2019

भदौ १७, कैलाली | कैलालीमा मदिरा सेवन गरेको  समूहद्धारा आमाछोरीमाथि बलात्कारको प्रयास  भएको छ |  जिल्लाको धनगढी उपमहानगरपालिकाको धुर्जन्नामा गएराती आमा छोरी सुतेको बेला बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराती १२ बजेको समयमा सुतिरहेका बेला मदिरा सेवन गरेर आएको दुईजनाको समूहल आमाछोरीमाथी बलात्कारको प्रयास गरेको जानकारी दिएको छ | युवतीको मुख थुनेर बलात्कारको प्रयास गरेपछि आमाले हारगुहार गरेपछि उनीहरु भागेको प्रहरीको भनाई छ |

अहिले आमाछोरीको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परिक्षण भईरहेको छ | बलात्कार प्रयास गर्नेहरुको खाजी भईरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!