पुनर्निर्माणलाई सहयोग पुग्ने कार्यक्रम ल्याउन प्रजिअ पौडेलको आग्रह

Posted on: 31 Mar, 2016

प्रज्वल पौडेल, चैत्र १८, रामेछाप प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले मुलुक अहिले पुनर्निर्माणको महत्वपुर्ण चरणमा रहेकाले गैह्रसरकारी संस्थाहरुले कार्यक्रम सञ्चालन गर्दा पुनर्निर्माणलाई सहयोग पुग्ने कार्यक्रम ल्याउन आग्रह गरेका छन् । उनले कार्यक्रम सञ्चालन गर्दा जिल्लाको आवश्यकता पहिचान गर्नुपर्ने बताएका छन् । रामेछापमा काम गरिरहेको मानसिक स्वास्थ्य परामर्र्स केन्द्र नेपालले जिल्ला प्रशासन कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले यस्तो बताएका हुन् । संस्थाहरुले काम गर्दा सरोकारवाला निकायसँग समन्वय गर्न कन्जुस्याई गरेको भन्दै पौडेलले आगामी दिनमा समन्वय गरेर मात्र काम गर्न निर्देशन दिए ।

जिल्लाका ६ वटा गाविसहरुमा मानसिक मरामर्शको काम गरिरहेको र अहिले सम्म २ हजार २ सय ६६ जना मानिसहरुलाई काउन्सीलिङ गरि १४ जनालाई काठमाण्डौमा लगेर उपचार गरेको संस्थाको तर्फबाट पशुपति महतले जानकारी गराए । महतले कार्यक्रमलाई प्रभाबकारी बनाउन सबैको सहयोग आवश्यकता रहेको बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.प्रकाश प्रसाद साहले सस्थाले सरोकारवाला निकायसँग समन्वयन गरेर अगाडि बढेमा कार्यक्रम प्रभावकारी हुने धारणा राखे । कुनै पनि कार्यक्रम समन्वयन बिना सफल हुन नसक्ने भन्दै साहले मानसिक स्वास्थ्य परामर्स केन्द्र नेपालले पनि आफुहरुसँग कम समन्वयन गरेर अगाडि बढ्न खोजेको बताए । जिल्लाभित्र स्वास्थ्य सम्बन्धी सञ्चालन हुने कार्यक्रमका बारेमा आफ्नो कार्यालयमा जानकारी नहुदाँ थाहा कुन संस्थाले के कति कार्य गरिरहेको छ थाहा नहुने बताए ।

कार्यक्रममा सहभागी भएका राजनीतिक दलका नेताहरुले संस्थाहरु बिभिन्न बहानामा जिल्लामा आएपनि उनीहरुको काम त्यति प्रभाबकारी नभएको भन्दै एकद्धार प्रणलीबाट संस्थाहरुले काम गर्नुपर्नेमा जोड दिएकाछन् । यस्तै महिला तथा बालबालिका कार्यालय रामेछापका प्रमुख शुसिला वाग्लेले मानसिक रोग लागेको मानिसहरुलाई राख्ने ठाँउको अभाब रहेको बताइन् । उनले दिमागले कामै नगर्ने भएपछि मानसिक रोगिले जस्तो पनि व्यवहार गर्ने र जताततै जाने भएकाले त्यस्ता रोगीहरुका लागी राख्न सुरक्षित ठाँउको व्यवस्था चाडै गर्नुपर्नेमा जोड दिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!