ट्याक्टरको ठक्करबाट दाङमा एक विद्यार्थीको मृत्यु, एक घाइते

Posted on: 19 Dec, 2019

पुस ३, दाङ | दाङमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ भने एक विद्यार्थी घाइते भएकी छन् | जिल्लाको  तुलसीपुर ५ गोदामघर नजिकै रा १ त १४३५ नम्बरको ट्रयाक्टरको ठक्कर दिँदा तुलसी आवासीय माविमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीया विजिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ |

घाइते भएकी तुलसीपुर ७ शिवनगर निवासी केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु हो |

ट्रयाक्टरको ठक्करबाट सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया मनिषा वली घाइते भएकी छन् | उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!