विश्वकपमा ग्रुप 'ए' को समूह बिजेता उरुग्वे, साउदी अरेबियालाई २४ बर्षपछि पहिलो जित

Posted on: 25 Jun, 2018

असार ११, काठमाडौं । विश्वकप फुटबलमा आयोजक रसियालाई हराउँदै समूह 'ए' उरुग्वे समूह विजेता बनेको छ । सोमबार भएको खेलमा रसियालाई ३-० ले हराउँदै उरुग्वे समूह एको विजेता बनेको हो ।

दुबै टोली यो खेल अघि नै नकआउट चरणमा पुगिसकेका छन् । समूह यस समूह चरणमा इन्जुरी टाइमको गोलको मदतमा साउदी अरेबियाले विश्वकपमा इजिप्टलाई हराएको छ । उसको यो २४ वर्षपछि विश्वकपमा पहिलो जित हो । विश्वकपमा साउदी अरेबियाको सन् १९९४ पछि पहिलो जित हो ।

यस पटक इजिप्ट भने विश्वकपमा जितविहीन रहृयो । साउदी अरेबियाले इजिप्टलाई २-१ गोल अन्तरले हराएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!