ईरानमा भर्जिनिटी फिर्ता ल्याउन सर्जरी गर्दै महिलाहरु, श्रीमानसँग सेक्स गर्न नमाने कानुनी कारवाही

Posted on: 04 Sep, 2018

भदौ १९, ​ईरान | ईरान एक इस्लामिक कट्टरपन्थी देश मानिन्छ । तर यहांका युवाहरु काफी स्वतन्त्र खालका छन् । तर फेरी पनि समाजका एक प्रकारका मानिसहरुमा रुढीवादी सोच हावी छ । यसको सबैभन्दा ठूलो उदाहरण हो, 'भर्जिनिटी टेस्ट' । पहिले ईरानमा दुलहीको भर्जिनिटी थाहा पाउनको लागि सेतो च्याद्दरको प्रयोग गरिन्थ्यो । तर अब बदलिदो समयसंगै बिबाह अघि यहाँ भर्जिनिती सर्टिफिकेटको माग गरिन्छ । यसै कारण पनि यहाँका युवतीहरु नक्कली भर्जिनिटी बनाउन थाल्छन। 

पुरुषले पाउँछन् असीमित अधिकार...

गत वर्ष ईरानमा कयौं सामाजिक बदलावको कोशिश गरिएको थियो, तर फेरी पनि समाजका केहि मानिस पुरानो सोचमा चलिरहेका छन् । यहाँ युवतीसँग विवाह अघि भर्जिनिटी सर्टिफिकेटको माग गरिन्छ । सर्टिफिकेट पाउनको लागि युवतीहरु आफ्नो अंगको सर्जरी गराउँछन् ।

यस्तो सर्जरीलाई ‘हायमनोप्लास्टी’ भन्ने गरिन्छ । यस सर्जरीमा यौनअंगको हाइमनलाई पुन: निर्माण गरिन्छ । भर्जिनिटि पुन: निर्माण गराउन युवतीहरुले यस कारण चाहन्छन कि कयौं युवकहरुले भर्जिनिटि नभएकै कारण विवाहलगत्तै युवतीहरुलाई छोडीदिए ।

एनसीबीआईको रिपोर्ट अनुसार, यहाँ आज पनि केहि यस्ता नियम छ, जसले पुरुषहरुलाई असीमित अधिकार दिएको छ । र प्राय यसको गलत फाइदा पनि युवकहरुले उठाउने गरेका छन् । शायद यस्तै कारण ईरानमा कयौं महिलाहरु डरको कारण सर्जरी गराउदै छन्, यौन सम्पर्क नगरेकाहरुले समेत डरको कारण भर्जिन बनाउने सर्जरी गर्ने गरेका छन् ।


विवाह नगर्ने पुरुषलाई भनिन्छ नामर्द

ईरानमा जुन पुरुषले विवाह गर्दैन, उसलाई नामर्दको सूचीमा राखिन्छ । यति मात्र नभई, उनीहरुले आफ्नो परिवारसँग संगै रहने अधिकार समेत छैन । यसको साथै ईरानमा रक्सि पिउदै गरेको अवस्थामा पक्राउ परेमा ८० कोर्रा हानेर सजाय दिइन्छ । 

यहाँ महिलाहरुले गैरपुरुषसँग हात मिलाउनु अपराध मानिन्छ । सार्वजनिक रुपमा यदी कुनै महिलाले कुनै पुरुषसँग हात मिलाएको पाइएमा पक्राउ पर्न सक्छन् । यति मात्र नभई यहाँ जनावरसँग सेक्स गर्दा, महिलाहरुले टाइट कपडा लगाएमा, टाई लगाउँदा, श्रीमानसँग यौन सम्पर्क गर्नको लागि नमानेमा र श्रीमानको इच्छा बिपरित काम गर्नु पनि अपराध मानिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!